पाथीभरा केवलकार निर्माण सुरु, १५ महिनामा सक्ने लक्ष्य


२०८१ माघ ८ मंगलबार १९:५० बजे

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गरिने केवलकारको बटम स्टेशनमा स्काभेटरमार्फत निर्माण कार्य सुरु भएको छ । निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमका अनुसार मंगलवार बिहानबाट बटम स्टेशन क्षेत्रबाट काम अघि बढाइएको हो ।

केदेमले आगामी १५ महिनाभित्र केवलकार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिए। गत कात्तिक २३ गते बटम स्टेशन क्षेत्रमा केवलकार निर्माणको शिलान्यास गरिएको थियो । त्यतिबेला केवलकार निर्माणको विरोध र समर्थन गर्ने पक्षहरूबीच झडप समेत भएको थियो । निर्माण सामाग्रीसहित स्काभेटर लैजाँदा विवाद सिर्जना भएको भए पनि अब कामले गति लिएको केदेमले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७