तनहुँमा मोटरसाइकल दुर्घटना : मृत्तक आमा–छोरा भएको पुष्टि


२०८१ माघ ८ मंगलबार १५:३३ बजे

तनहुँ । तनहुँमा आज (मंगलबार) बिहान मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमा–छोरा भएको खुलेको छ । मंगलबार बिहान पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका– १२ तल्लो छिर्कनमा (बेलभन्ज्याङ) मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

सुरुमा पहिचान नखुलेका मृतकको पछि सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए । मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका– ६ चालिसे घर भइ हाल व्यास नगरपालिका–५ पाटन बस्दै आएका १९ वर्षीय सन्दिप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले छिन् ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल हुस्सु लागेको बेला तीव्र गतिमा चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । ‘तीव्र गतिको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको बाँया साइटको कल्भर्टमा ठोक्किएर झण्डै आठ मिटर तल खसेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘दुर्घटनामा आमा छोराको घटनास्थलमै मृत्यु भएको हो । हुस्सु लागेका कारण मोटरसाइकल दुर्घटना भएको आशंका छन् ।’ मृतकको शव प्रहरीले पोस्ट मार्टमका लागि अस्पताल लगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी थापाले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७