ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न १,५०० जनालाई दिए माफी


२०८१ माघ ८ मंगलबार १२:०३ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५०० जनालाई माफी दिने आदेश जारी गरेका छन् । गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए ।

आदेशसँगै ट्रम्प समर्थकहरूका वकिलले क्यापिटल हिल दंगाको आरोपमा जेलमा रहेकाहरूलाई रिहा गरिने आशा व्यक्त गरेका छन् । ट्रम्प समर्थकहरूको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर मानिसहरूको रिहाइको लागि पर्खिरहेको छ । नव निर्वाचित राष्ट्रपति ट्रम्पले स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएका हुन् । शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७