को बन्ला केयूको भीसी ? १६ जनाको निवेदन स्वीकृत (सूचीसहित)


२०८१ माघ २ बुधबार २२:५६ बजे

काभ्रे  । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति (भीसी बन्नका लागि १६ जनाको निवेदन स्वीकृत भएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि बनाइएको सिफारिस समितिले बुधबार १६ जनाको निवेदन स्वीकृत गरेको हो । समितिमा १७ जनाको निवेदन परेको थियो । जाँचबुझका क्रममा एक जनाको उम्मेदवारी अस्वीकृत भएको सिफारिस समितिले जनाएको छ ।

स्वीकृत हुनेमा मोरङका प्राडा. मेघराज दंगाल, काठमाडौंका प्राडा. श्याम नारायण लाभ, काठमाडौंका प्राडा. नविन पोखरेल, काभ्रेका प्राडा. सुबोध शर्मा, इलामका प्राडा. बालचन्द्र लुंइटेल, अर्घाखँचीका प्राडा. हरिप्रसाद न्यौपाने, ललितपुरका प्राडा. विभूति रञ्जन झा, काठमाडौंका प्राडा. भोला थापा, भक्तपुरका प्राडा. कन्हैया झा, काठमाडौंका प्राडा. जनार्दन लामिछाने, काठमाडौंका प्राडा. मनिष पोखरेल, काठमाडौंका प्राडा. विमप्रसाद श्रेष्ठ, काठमाडौंका प्राडा. वेदमणि दाहाल, काभ्रेका प्राडा. अच्युप्रसाद वाग्ले र बैतडीका प्राडा. धिरज गिरी रहेका छन् ।

सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो । आगामी ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो । अब १६ जनाबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्नेछ ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७