कांग्रेसले भन्यो–देउवाको नाममा निकालिएको विज्ञप्ती ‘नक्कली’


२०८१ पौष २८ आइतबार ०५:२३ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य सामाजिक सञ्जालमा भाइरल भएकोप्रति गम्भीर आपत्ति जनाउँदै यस घटनामा संलग्नलाई कानूनी कारबाहीको माग गरेको छ ।

नेपाली राजनीतिलाई तरङ्गित पार्ने र गठबन्धन सरकारबारे अन्यौल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्न यस्तो षड्यन्त्र गरिएको कांग्रेसको ठहर छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा हतास मानसिकताबाट गरिएको यो कार्य ‘घृणित’ भएको उल्लेख गरिएको छ ।

पौडेलले वक्तव्यमा भनेका छन्, ‘यस्ता गैरकानूनी गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउन नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’ साथै, यस्ता भ्रमपूर्ण क्रियाकलापबाट प्रभावित नहुन आम नागरिकलाई पनि आग्रह गरिएको छ ।

सभापति शेरबहादुर देउवाको नाममा जारी गरिएको भाइरल नक्कली वक्तव्यमा संसद्को बजेट अधिवेशन बोलाउन ढिला गरेको र अध्यादेश मार्फत शासन चलाउन खोजिएको भन्दै सरकारको आलोचना गरिएको थियो । कांग्रेसले यस्तो गतिविधिको निन्दा गर्दै पार्टीलाई बदनाम गर्न खोज्ने तत्वविरुद्ध सतर्क रहन सबैलाई सचेत गराएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७