सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ


१७:१३ बजे

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । 

दिगो पर्यटन सहकारी संस्थाको आज यहाँ आयोजित १४औं साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए ।     उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताए । ‘सहकारीमा भएको बचत हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ’, उनले भने, ‘बचतकर्ताको बचत फिर्ता गराउने काम सरकारले गरिरहेको छ ।’

मन्त्री गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताएका छन् । उनले प्रधानमन्त्रीले घुस खान्न र खान दिन्न भने पनिआम मानिस घुस दिँदा हैरान भइरहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेले ‘म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न’ भने पनि नागरिकले घुस नखुवाइकन सजिलैसँग सरकारी सेवा नपाएको मन्त्री गुरुङको भनाइ छ । देशमा भ्रष्टाचार र घुस दिनुको पीडा नागरिकलाई मात्रै थाहा भएको र यो पीडा प्रधानमन्त्रीलाई थाहा नभएको सञ्चारमन्त्री गुरुङले बताए ।

‘घुस दिनुको पीडा जनतालाई थाहा छ नि, ठूला मान्छेलाई कसरी थाहा हुन्छ, मैले घुुस खाएँ भनेर भन्न कसैले आउँदैन । जनताले मैले उसलाई घुस दिए भन्नलाई प्रधानमन्त्रीकहाँ पहुँच नै पुगेको छैन । सामान्य मान्छेले प्रधानमन्त्रीलाई भेट्नै पाउँदैन,’ उनले भने । प्रधानमन्त्री जिल्लातिर गएको बेला पनि कार्यकर्ताले घेरेर राख्ने र नागरिकले समस्या राख्नै नपाउने समस्या रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७