रेष्टुरेण्टमा काम गर्ने युवती मृत फेला

बुटवल । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेष्टुरेण्टमा काम गर्ने युवती सुतेकै कोठामा मृत फेला परेकी छन्। गुल्मीको मालिका गाउँपालिका–८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले जानकारी दिए ।
खाजा घरमा काम गर्दै आएकी युवती आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएको डिएसपी पण्डितले जानकारी दिए । गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाइएको र घटनाबारे अनुसन्धान अगाडि बढाइसकेको पनि उनले बताएका छन् । मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएको र सोही खाजा घरको कोठामा बस्ने गरेको पाइएको छ ।
उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु–आमा सम्झेर स्टाटस लेखेकी थिइन् । मालिका गाउँपालिका–८ का वडाध्यक्ष सूर्यबहादुर जिसीले घटना थाहा पाएपछि मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतीलाई रुपन्देही पठाइएको जानकारी दिएका छन् ।