डा. शेखर कोइरालाले बेलायती संसदलाई सम्बोधन गर्ने
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ ।
संसद्को त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेस्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदैछन् । बेलायतको संसद् भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुनेछन् ।