माओवादी केन्द्रको बैठक : प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी


००:४५ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छेठौं बैठक अन्तर्गतको दोस्रो दिनको बैठक जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमाथि छलफल सुरू भएको छ ।

बैठक आइतबारदेखि काठमाडौंको एक पार्टी प्यालेसमा जारी छ । आइतबारको  बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। अध्यक्ष प्रचण्डले पेश गरेको सोही राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य,२ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जना सहभागी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७