चीनमा फैलिएको ‘एचएमपीभी भाइरस’ भारतमा पनि देखियो


०१:०० बजे

काठमाडौं । चीनमा फैलिएको ‘एचएमपीभी भाइरस’ भारतमा समेत पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आईसीएमआरले कर्नाटकमा नियमित परीक्षणको क्रममा एचएमपीभीका दुई घटनाहरू पत्ता लगाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा संक्रमण देखिएको हो । बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको समाचारमा उल्लेख छ । पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको खबर आएको छ । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७