रास्वपाको केन्द्रीय समिति बैठक सुरू


१३:१६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसदमा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको पहिलो दिन शनिबार ८ः१५ बजेदेखि ९ बजेसम्म समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ भएको छ ।

९ देखि ११ बजेसम्म स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने कार्यतालिका छ । साढे १२ बजेदेखि साढे ४ बजेसम्म संगठन समीक्षा र संगठनको रणनीतिबारे छलफल गर्ने कार्यसूची छ । यी छलफलमा केन्द्रीय समिति र आमन्त्रित सदस्यहरूले आफ्नो धारणा राख्ने छन् । आमन्त्रित सदस्यहरूमा केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग र प्रदेश महामन्त्रीहरू रहने छन् ।

साँझ ५ बजेदेखि ६ बजेसम्म सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएको विधेयकबारे पार्टीको धारणाबारे छलफल हुने कार्यसूची छ । ६ देखि ६ः४० सम्म पार्टीको संरचनासम्बन्धमा प्रारम्भिक छलफल गर्ने त्यसपछि पहिलो दिनको समीक्षा, दोस्रो दिनको तयारीबारे छलफल गर्ने कार्यसूची छ । भोलिको बैठक बिहान ८ बजेदेखि नै सुरू हुने बताइएको छ । रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोलप्रसाद अर्याल छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७