‘संविधान संशोधन हुनु भनेको समावेशी र समानुपातिक प्रणाली हटिहाल्छ भन्ने होइन’


२०८१ मङ्सिर २८ शुक्रबार १६:३२ बजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताएका छन् ।

आदिवासी जनजाति आयोगद्वारा आज यहाँ आयोजित ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ मा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा यस विषयमा प्रष्ट हुनजरूरी रहेको स्पष्ट पारे ।

‘संविधान संशोधन हुनु भनेको समावेशी र समानुपातिक प्रणाली हटिहाल्छ भन्ने होइन’, उनले भने, ‘यसलाई अझै व्यवस्थित र विधिवत् बनाउँदै जाने हो, ढुक्क हुनुहोस्, समावेशी प्रणाली रहिररहन्छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७