नेपाल प्रहरीका १८ डीआइजीको सरुवा र पदस्थापन, चार प्रदेशका प्रहरी प्रमुख फेरिए 


२०८१ मङ्सिर २८ शुक्रबार १६:१८ बजे

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १० डीआइजीको सरुवा र आठ जनाको पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनमा चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । 

कोशी प्रदेशमा डीआइजी राजन अधिकारी, लुम्बिनीमा दानबहादुर कार्की, गण्डकीमा भोलाबहादुर रावल तथा सुदुरपश्चिममा गणेश चन्दलाई पठाइएको छ । यसअघि कोशीमा चन्द्रकुबेर खापुङ, लुम्बिनीमा कुबेर कडायत, गण्डकीमा दुर्गा सिंह र सुदुरपश्चिममा रबिन्द्र केसी कार्यरत थिए । 

त्यस्तै, बिशेष ब्यूरोको प्रमुखमा डिआइजी शिद्धिबिक्रम शाहलाई खटाइएको छ । भर्खरै बढुवा भएका डीआइजीले कमाण्ड पाउँदा सिनियर डिआइजी डा.मनोज केसीलाई भने महत्वपूर्ण जिम्मेवारी दिइएको छैन । एक साताअघि मात्र बढुवा भएका रावल र चन्दलाई प्रदेश प्रमुख बनाइएको छ । उनीहरुको जागिर अवधि तीन महिना मात्र बाँकी छ । 

गत १७ मंसिरमा बढुवा भएका ८ जनाको डीआइजीको १० दिनपछि बल्ल पदस्थापन भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआइजीलाई काजमा खटाइनेमा ती निकाय पनि नेतृत्वविहीन छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७