चितवनमा रवि लामिछानेको थुनछेक बहस सुरु
चितवन । साहारा चितवन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । आजैदेखि भएको थुनछेकमा सुरुवातको बहस सरकारी वकिलले गरिरहेका छन् ।
जिल्ला न्यायाधिवक्तासहित अन्य सहायक न्यायधिवक्ताहरुले बहस गर्ने बताइएको छ । जाहेरवालाहरूको तर्फबाट चार जनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले जाहेरवालाहरूको तर्फबाट बहस गर्ने छन् ।
त्यस्तै रवि लामिछानेको तर्फबाट १० जनाले बहस गर्ने भएका छन् । वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरू गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिमल्सेनासहित १० जना कानुन व्यवसायीले बहस गर्ने बताइएको छ ।