सहरी यातायातमा नयाँ युगको सुरुवात : टाटा म्याजिक BS6 नेपालमा पहिलो पल्ट सार्वजनिक


२०८१ मङ्सिर २५ मंगलबार १६:३९ बजे

नेपालगञ्ज । टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक BS6 नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ ।

नेपालगञ्जमा आयोजित कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निमबहादुर चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्णप्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापासहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो । 

टाटा म्याजिक नेपाली बजारमा पहिलो पटक २००८ मा BS2 संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि BS3, BS4 हुँदै आज BS6 संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । हालसम्म ४,००० भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक द्यक्ट पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वाश कम्पनीले राखेको छ ।  

टाटा म्याजिक द्यक्ट का प्रमुख विशेषताहरूः
इन्जिन– ६९४ सीसी पेट्रोल इन्जिन
शक्ति– ३० ज्ए
टर्क– ५५ एनएम
गियरबक्स– ५ स्पीड गियर
पाङ्ग्रा– १३ इन्च टायर
सुविधाहरू– डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि ECO स्विच,  ABS र सबै पाङ्ग्रामा एन्टी–रोलबार
सुविधा– चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का AGM Sales, CVBU कृष्ण चन्दले भने, ‘नेपालगञ्ज जस्तो महत्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक BS6 उत्कृष्ट यातायात समाधान हो । यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ । सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगञ्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं ।’

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालि, कमर्सियल भेहिकल्स बिजनेस युनिट (CVBU) का प्रोडक्ट म्यानेजर (Bus, Panel and Passenger Van) इन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक द्यक्ट ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ । यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७