लगातार दुई दिन घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको कति पुग्यो ?


२०८१ मङ्सिर १२ बुधबार १९:१८ बजे

काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको भाउ फेरि फेरि उकालो लागेको छ । दुई दिन (सोमबार र मंगलबार) निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य आज (बुधबार) फेरि बढेको हो । नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको मूल्य ओरालो लागेको थियो ।  आज फेरि बढेको हो । सुनको भन्सार दर  २० बाट १० प्रतिशत कायम गरिएको छ ।

यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो । यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक तोला चाँदीको मूल्य  १ हजार ८२० रुपैयाँ कायम भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७