रास्वपाले कीर्तिपुरमा कसैलाई समर्थन नगर्ने


२०८१ मङ्सिर १३ बिहीबार २०:२६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका कुनै एकलाई समर्थन गर्ने रास्वपाको तयारी थियो । घोषित रुपमा कुनै पनि उम्मेदवारलाई सघाउने कार्य नहुने रास्वपाका उच्च तहका नेताले बताएका छन् ।

योग्य, सक्षम व्यक्तिलाई मत दिन आग्रह गरे पनि पार्टीले कुनै उम्मेदवारको पक्ष लिएर नसघाउने रास्वपाले जनाएको छ। रास्वपाका उपचुनाव कमाण्डर गणेश पराजुलीले कुनै एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न व्यवहारिक कठिनाइ भएका जानकारी दिएका छन् । रास्वपाले अब आफूले उम्मेदवारी नदिएका स्थानमा पार्टीका समर्थकलाई स्वविवेकमा निर्णय लिन छोडिदिएको उनको भनाइ छ ।

उनले भने, ‘कीर्तिपुरसहित हामीले कुनै पनि ठाउँमा अन्य उम्मेदवारलाई समर्थन गर्न सक्ने अवस्था भएन । अन्य दलका उम्मेदवारलाई नसघाउने पार्टीको नीति र स्वतन्त्र उम्मेदवार कसलाई छान्ने भन्नेमा अन्योलताले गर्दा तटस्थ बस्दा नै उचित हुने सिफारिस स्थानीय कमिटीहरुबाट प्राप्त भएको छ । सायद त्यही नै हुन्छ होला।’ दल र स्वतन्त्र गरी कीर्तिपुरमा २० उम्मेदवार छन् । उम्मेदवारी मनोनयन पछि दुई जनाले अर्कोलाई समर्थन गर्ने निर्णय लिएका छन् ।

एकीकृत समाजवादीका भानु रिजालले माओवादीलाई र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले राजमान मानवलाई सघाउने निर्णय लिएका छन् । कीर्तिपुर नगर सभापति जयराम कार्कीको एकल सिफारिस भए पनि रास्वपाले उम्मेदवार उठाएन। रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । यो उपनिर्वाचनलाई आफूहरुले लोकप्रियता परीक्षणको कसीका रुपमा नलिने पराजुलीको भनाइ छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७