उपचार गर्न गएका स्वास्थ्यकर्मी नै परे ‘हनी ट्रयाप’ मा, तीन आरोपी पक्राउ


२०८१ मङ्सिर १२ बुधबार २३:१७ बजे

काठमाडौं । आपराधिक लाभको उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई ‘हनी ट्रयाप’ मा फसाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनी ट्रयापमा पारेर रकम असुलेका हुन् ।

अनुसार घटना २०८१ मंसिर ६ गतेबाट सुरु भएको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । बर्षा दर्जीले मेसेन्जरमार्फत पीडित व्यक्तिसँग सम्पर्क गरी घाउको ड्रेसिङ गर्न बोलाइन् । पीडितले उनी बसेको कोठामा पुगेपछि दर्जीको खुट्टामा कुनै घाउ नभएको देखे ।कोठाको ढोका लगाई डर देखाउँदै पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिइयो ।

यसपछि अर्की अभियुक्त समृदि मगरले पनि पीडितलाई सहमतिमा आउन धम्क्याएको खुलेको छ । रकम माग गर्दै उनले १८ लाखबाट सौदाबाजी गरी ८ लाखमा कुरा मिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मंसिर ११ गते, कौशलटारस्थित वेभ सेकुवा कर्नरमा २५ हजार नगद र २५ हजार सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत माग गरियो । थप ७५ हजार रुपैयाँ चेकको माध्यमबाट दिइएको थियो । प्रहरीका अनुसार, तीनै अभियुक्त यस प्रकारका अपराधमा संगठित रूपमा सक्रिय रहेको देखिएको छ ।

घटनामा संलग्न एक अन्य व्यक्ति फरार छन् । तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । अरु व्यक्तिको खोजी जारी छ । उनीहरुको साथबाट ७५ हजार रुपैयाँको एशिया बैंकको चेक, नगद २० हजार ५ सय रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको छ ।

यस्तै दिपेन्द्र दर्जी यसअघि २०७१ सालमा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको पनि खुलेको छ । पक्राउ परेका व्यक्तिहरूलाई आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७