‘बुलाकी’ लाई उत्कृष्ट चलचित्र राष्ट्रिय पुरस्कार
विपिन र स्वस्तिमा उत्कृष्ट कलाकार
काठमाडौं । २०८० को उत्कृष्ट चलचित्र अवार्ड ‘बुलाकी’ लाई प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा ‘बुलाकी’ लाई उत्कृष्ट चलचित्र घोषणा गरिएको हो ।
अभिनेतातर्फ विपिन कार्की ‘प्रसाद २’ बाट उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री तथा ‘दिमाग खराब’ बाट उत्कृष्ट निर्देशक निश्चल बस्नेत भएका छन् । सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरेका छन् ।
उत्कृष्ट सम्पादक महाजात्राबाट मित्र डी गुरुङलाई प्रदान गरिएको छ भने उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र लोजिमा (लिम्बू भाषा) भएको छ ।
हेर्नुस् अरु विजेताहरुको नाम
निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेत्री– स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र– जारी (वि.सं. २०८०)
विशेष योगदान सम्म्मान
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार÷निर्माता
भोज बहादुर गुरुङ – निर्देशक ÷निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार
विशेष चलचित्र पुरस्कारः
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मानः
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री