ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह बनाउन २० लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले कोहलपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख संगीता सुवेदीलाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरिन् ।
कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भईरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताइन् ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरिरहेको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ।