आचारसंहिता उल्लंघनको सूचनापछि काठमाडौं–१६ र कीर्तिपुरमा खटियो निर्वाचन आयोगको टोली 


२०८१ मङ्सिर १२ बुधबार १९:१९ बजे

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ । उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले यही मंसिर २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले निर्वाचन प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना भए नभएको अनुगमन गर्न काठमाडौं १६ र कीर्तिपुर नगरपालिकामा अनुगमन टोली खटाएको जानकारी दिइन् । प्रवक्ता अर्यालका अनुसार काठमाडौं–१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।

यस्तै कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका उपरीषक (एसपी) अशोक न्यौपानेलाई खटिइएको जानकारी उनले दिए । आयोगले उपनिर्वाचन हुने प्रत्यस स्थानीय तहमा प्रचारप्रसारको सूक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ । आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को व्यवस्था अनुसार उम्मेदवारी रद्द गर्न सक्ने जानकारी आयोगले दिएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७