पाकिस्तानको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु


२०८१ मङ्सिर ११ मंगलबार २३:०१ बजे

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ । गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा  आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायहरू बीच साम्प्रदायिक हिंसाको लहर निम्त्यायाएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतृकको संख्या अझै बढदै गएको छ ।  हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित  जिल्लाको स्थलगत  भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७