रास्वपा नेताहरुविरुद्धको मुद्दा : सर्वोच्चद्वारा मुद्दा हाल्ने अधिवक्तालाई थप प्रमाण पेस गर्न आदेश


२०८१ मङ्सिर ११ मंगलबार २२:२७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अवहेलनाको मुद्दा दायर गर्ने निवेदकलाई नै सर्वोच्च अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ । 

आज (मंगलबार) सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश दिएको हो ।  के कुराले अदालतको अवहेलना भयो भन्ने पर्याप्त आधार र कारण नखुलाएको कारण निवदेकसँगै स्पष्टीकरण माग्ने आदेश भएको बताइएको छ ।

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतबाट आदेश जारी भएको विषयमा सार्वजनिक प्रदर्शन र नाराबाजी गरेको भन्दै अदालतको अवहेलनाको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यो मुद्दामा रास्वपाका उपसभापति वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७