सन्जितलाई स्वर्णसहित दुई पदक


२०८१ मङ्सिर १० सोमबार २२:३२ बजे

काठमाडौं । ‘डब्लुएमएसी वेल्स’ खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जितेका छन्। नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका हुन् ।

सन्जितले ‘क्रिएटिभ फम्स’को ‘मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायल’मा स्वर्ण जिते । उनले २६.७ अङ्क जोडे । ‘ट्रेडिसनल फम्स’को मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गरे । प्रतियोगितामा चार सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ ।

प्रतियोगिताको क्रममा सन्जितको डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पार्क्ससँग पनि भेट भएको थियो । सन्जितको यो पाचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ‘ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिप’ मा स्वर्ण जितेका थिए ।

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् । सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका छन् । सन्जित नेपाल उमा कुङफु सङ्घका नव निर्वाचित अध्यक्ष हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७