परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत


२०८१ मङ्सिर १० सोमबार २२:३५ बजे

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्व तयारीका लागि चीन जान लागेकी हुन् ।  

परराष्ट्र स्रोतका अनुसार उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । राणाको जापान भ्रमण यसअघि नै स्थगित भइसकेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७