रास्वपा लक्षित प्रधानमन्त्रीको प्रश्न : सहकारी ठग्ने अनि अरुलाई मुख छाड्ने ?


२०८१ मङ्सिर ७ शुक्रबार २१:५६ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि ठगी र भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने बताएका छन् । प्रधानमन्त्री ओली सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि खनिएका छन् । 

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्ने र अरुलाई मुख छाड्दै, गाली गर्दै हिँड्ने काम बन्द गर्न पनि भनेका छन् । ‘चोरले नै प्रहरीको हामिकलाई हप्काएछ,’ लामिछानेप्रति लक्षित गर्दै ओलीले भने, ‘सहकारी ठगीका कति–कति प्रमाण छन् । आफै सहकारी ठगी गर्ने अनि अरुलाई मुख छाड्ने, गाली गर्दै हिँड्ने ?’ 

‘कुनै पनि प्रकारका भ्रष्टाचार, ठगी र  मानव तस्करी सह्य हुने छैन,’ उनले भने, ‘अपराध गर्ने कसैलाई पनि एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस्, कारबाही गर्छ, कसैको मुख हेर्दैन ।’ ओलीले हिन्दी उखान सुनाउँदै भने, ‘उल्टे चोर, कोतवालको डाँटे ।’ उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओलीले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७