कम्बोडिया मात्र किन, अमेरिकी बैंकको आधा पैसा मेरै हो भन्दिए नि भैगो : प्रधानमन्त्री


२०८१ मङ्सिर ७ शुक्रबार २१:५० बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि औंला ठड्याउनेहरूलाई बहसमा आउन चुनौती दिएका छन् । काठमाडौंको दरबारमार्गमा आज (शुक्रबार) आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई आरोप लगाउनेहरूलाई बहसमा आउन चुनौती दिएका हुन् ।

‘म कमिसनखोरी गर्न, भ्रष्टाचार गर्न, आफ्ना मान्छे पोस्न, आफ्ना मान्छे भर्ती गरेर अकुत सम्पत्ति थुपार्न प्रधानमन्त्री भएको होइन,’ ओलीले भने, ‘विभिन्न पार्टीका नेताहरूलाई भन्न चाहन्छु, तपाईंहरू औंला ठड्याएर बोलिरहनु भएको छ। म भन्न चाहन्छु, तपाईंहरू के साँच्चै बहस गर्न सक्नु हुन्छ नेकपा एमालेसँग ? म चुनौती दिन्छु ।’

उनले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको पनि प्रतिवाद गरेका छन् । ‘कम्बोडियामा ३२ हजार करोड छ, स्वीस बैंकमा यति हजार करोड छ, भन्दिए त भो, तपाईंहरू हेर्न जान सक्नु हुँदैन,’ ओलीले भने, ‘अमेरिकाका बैंकमा रहेको आधा पैसा मेरै हो ल, भन्देऊ न भन्दिनका लागि ।’

उनले भने, ‘कम्बोडिया ४ घण्टामै पुगिन्छ । यहाँबाट थाइल्याण्ड अनि त्यहाँबाट ५०-५५ मिनेटमा कम्बोडिया पुगिन्छ । त्यो देशको टेलिकममा कसले लगानी गरेको छ भन्ने सिधै थाहा हुँदैन ? जसले यस्ता कुराहरू फैलाएर हिँड्छ, त्यस्ता कुरालाई नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ । त्यस दिशातर्फ सरकार जान्छ । केही मान्छे नाङ्लो ठटाएर हात्ती तर्साउन खोजिरहेका छन् ।’ उनले आफू दन्तबजान गर्ने पक्षमा नरहेको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७