विमलाको निधन भएपछि अब स्याङजाकी सुनिता गण्डकीको सांसद बन्दै


२०८१ मङ्सिर १ शनिबार २३:३० बजे

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि स्याङजाकी सुनिता थापा नेपाली कांग्रेसको तर्फबाट सांसद मनोनयन हुने भएकी छिन् । गौचनको निधन भएपछि उनको ठाउँमा सुनिता थापालाई मनोनयनका लागि कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गर्नेछ ।

विमला गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी÷जनजाति महिला क्लस्टरबाट प्रदेशसभा सदस्य बनेकी थिइन्। गण्डकी प्रदेश सभा सदस्य गौचनको कात्तिक २८ गते निधन भएको थियो । उनको अन्त्येष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा जन्मिएकी सुनिता थापा कांग्रेसका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन् ।

कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिता थापाले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर श्रवणशक्ति गुमाएकी थिइन् । २०२९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् । आफूले नसुन्ने तर नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्ने सुनिताले विभिन्न गैरसरकारी संस्थामा काम गर्दै राजनीतिमा पनि सक्रिय बनेकी नेपाली कांग्रेस गण्डकीका उपसभापति तथा पूर्वमन्त्री मेखलाल श्रेष्ठले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७