मन्त्री छाडेको दुई महिनामा डिल्लीबजार कारागार पुगे दीपक मनाङे


२०८१ कार्तिक २७ मंगलबार १४:३५ बजे

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । 

आज (मंगलबार) राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब दुई वर्ष चार महिना एक दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।  उनले मन्त्री पद छाडेको दुई महिनामै कारागार पुगेका छन् । गत भदौ १७ गते उनले गण्डकी प्रदेशको वन मन्त्री अस्वीकार गरी राजीनामा दिएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७