ओली–देउवाले बनाए दुई दलीय संयन्त्र, यसरी गर्नेछ काम


०७:४१ बजे

काठमाडौं । सरकारलाई सफल र प्रभावकारी बनाउने उद्देश्यले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले दुई दलीय राजनीतिक संयन्त्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आठ सदस्यीय संयन्त्र बनाइएको हो । 

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट चार र नेकपा एमालेको तर्फबाट चार सदस्य रहेका छन् । जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । 

यस्तै दुई दलीय संयन्त्रले दुई वटा निर्णय गरेको छ । संयन्त्रको बैठकले दुई दलले एक–एक महिना पालैपालो संयोजन गर्ने निर्णय गरेको छ । पहिलो महिनामा कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने निर्णय भएको हो ।

त्यस्तै दोस्रो बुँदा प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग सम्बन्धित छ । प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा आगामी डिसेम्बरमा चीन भ्रमणमा जाँदैछन् । चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र देउवाको निर्देशनमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले गर्ने निर्णय भएको छ । संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने पनि उक्त बुँदामा उल्लेख छ ।

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् । नेकपा (एमाले) को तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । यस्तै प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७