अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पको लगातार अग्रता


२१:४१ बजे

काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाममा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पल्लाभारी देखिएको छ । पछिल्लो परिणामा अनुसार स्विङ राज्यस्थित नर्थ क्यारोलाइनमा ट्रम्पले जित्ने निश्चित भएसँगै उनको लगातार अग्रता देखिएको छ । 

नर्थ क्यारोलाइनमा १६ सिट छ । अमेरिकी निर्वाचनबाट राष्ट्रपति बन्नका लागि २७० सिट आवश्यक हुन्छ, जसमध्ये २३० मा ट्रम्प विजयी भइसकेका छन्। यद्यपि, पेन्सिलभिनिया, एरिजोना, जर्जिया, नेभाडा, मिसिगन, स्विसकन्सिङ जस्ता स्विङ राज्यहरूको मत स्पस्ट भइसकेको छैन ।

यसले गर्दा ट्रम्पले नै जितिहाल्छन् भन्ने अवस्था नरहेको विश्लेषकहरू बताउँछन् । अमेरिकी मतदाताहरुले मंगलबार भएको निर्वाचनका लागि राष्ट्रपतिमा इलेक्टोलर कलेजमा मतदान गरेका छन् भने त्योसँगै कंग्रेस र सिनेटका प्रतिष्पर्धीहरुलाई पनि मतदान गरेका छन् । राष्ट्रपतिका लागि ट्रम्पको प्रतिद्वन्द्वीमा कमला ह्यारिस रहेकी छन् । ५३८ इलेक्टोलर सिटमध्ये २७० सिटमा विजयी हुने पार्टीका उम्मेदवार अमेरिकाका ४७ औँ राष्ट्रपति बन्ने छन् । त्यही मतका आधारमा उपराष्ट्रपतिको पनि चयन हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७