स्पेनमा भीषण बाढी, ७२ जनाको मृत्यु, कैयौं बेपत्ता


१४:०८ बजे

काठमाडौं । असिनासहितको मुसलधारे भीषण वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । कैयौं बेपत्ता भएका छन् । स्थानीय अधिकारीले ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने बताएका छन् ।

भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको छ । बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन् । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो छन् । केही भिडियोमा बगिरहेका मानिसलाई रूखले जोगाएको देखिन्छ । भारी वर्षा र असिनाले देशका अधिकांश भूभाग प्रभावित भएको छ । उडानका साथै यातायात सेवा अवरुद्ध छ ।

स्थानीय सञ्चारमाध्यमले बेलेरिक टापुमा पनि व्यापक क्षति र मानिस हताहत भएको उल्लेख गरेका छन् । रेडियो र टेलिभिजन स्टेसनहरूले बाढीग्रस्त क्षेत्रमा फसेका मानिस वा आफन्तको खोजीमा मद्दतका लागि सयौं कल प्राप्त गरिरहेको जनाएका छन् । स्पेनका राजा फेलिप छैटौंले सामाजिक सञ्जाल एक्समा विनाशकारी बाढीबाट ज्यान गुमाउनेका पीडित परिवारजनलाई समवेदना व्यक्त गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७