साफ महिला च्याम्पियनसिप

भारतलाई अग्रता : नेपालको गोललाई मान्यता नदिँदा दशरथ रङ्गशालामा तनाव


२०८१ कार्तिक ११ आइतबार ०३:०६ बजे

काठमाडौं ।  साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । भारतले खेलको ७० औं मिनेटमा गोल गरेको हो । रेखा पौडेलले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको नेपाल १–० ले पछि परेको हो ।

अहिले दशरथ रङ्गशालाको अवस्था फेरि तनावग्रस्त बनेको छ । भारतले गोलको सेलिब्रेसन गरिरहँदा नेपालले बल चलाएर खाली पोस्टमा गोल गरेपछि पुनः तनाव सिर्जना भएको हो । तर, रेफ्रीले सुरुमा गोलको मान्यता दिए पनि पछि मान्यता नदिँदा फेरि विवादले खेल रोकिएको छ । दर्शकहरुले रेफ्रीविरुद्ध नाराबाजी गरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७