साफ महिला च्यापियनसिपका उपविजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार


१६:०३ बजे

 काठमाडौं । साफ महिला च्यापियनसिपमा उपविजेता नेपाली  खेलाडीहरुलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिइने भएको छ । च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

यस्तै मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले जानकारी दिए । साफ महिला च्याम्पियनसिप सातौ संकरणमा नेपाल उपविजेता बनको हो । यही कार्तिक १५ गते दशरथ रंगशालामा भएको फाईनलमा बंगलादेशसँग नेपाल पराजित भएको थियो ।

बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा नेपाली फुटबल टोलीका सदस्यहरूसँग ‘लन्च मिटिङ’ समेत गरेका छन् । बुधबार नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहसहितका नेताहरू समेत रंगशाला पुगेका थिए ।

त्यस्तै बुधबार काठमाडौं महानगरले नेपाली महिला फुटबल टोलीलाई सम्मानस्वरूप २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएलगत्तै बुधबारै सोल्टी होटलमा महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एन्फा अध्यक्ष पंकज नेम्बाङको रोहबरमा नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई २५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७