राष्ट्रपति पौडेल ६ दिनको अजरबैजान भ्रमणमा जाने


२०८१ कार्तिक १३ मंगलबार ०६:१३ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान भ्रमणमा निस्किने भएका छन् । अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्षधर राष्ट्रहरूको २९औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जाने भएका हुन् ।

आज (मंगलबार) को मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको अजरबैजान भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेल ६ दिनका लागि त्यसतर्फ जानेछन् । राष्ट्रपति पौडेल कात्तिक २५ गते अजरबैजानका लागि प्रस्थान गर्नेछन् । उनी World leader climate action summit मा  सहभागी भएर कात्तिक ३० गते स्वदेश फर्किने छन् । राष्ट्रपति पौडेलको भ्रमण खर्च नेपाल सरकारले व्यहोर्ने मन्त्रिरिपषद्ले निर्णय गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७