सिंहदरबारमा मन्त्रिपरिषद बैठक, कुलमानका विषयमा के होला निर्णय ?
काठमाडौँ । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल तथा निर्णयसँगै ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । आजको वैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा निर्णय हुन सक्ने स्रोतले जानकारी दिएको छ ।