राप्रपाले कीर्तिपुरको मेयरमा इन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने


२०८१ कार्तिक १३ मंगलबार ०६:१३ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ । आज निर्वाचन प्रचार प्रसार कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।

यस्तै राप्रपाले वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने भएको छ । महर्जन पेसाले इन्जिनियर हुन् । सोही कार्यक्रममा उनले वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने घोषणा पनि गरे । कीर्तिपुरमा नगर प्रमुख (मेयर) र २ वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचिन हुँदैछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७