समस्याग्रस्त सहकारीमा ४० अर्ब मागदाबी, डेढ अर्ब फिर्ता


२०८१ कार्तिक १३ मंगलबार ०६:१४ बजे
फाइल फोटो

काठमाडौं । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६,१५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता भएको जनाएको छ । आज (मंगलबार) काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६,१५५ बचतकर्ताको एक अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिएका छन् ।

त्यस्तै आंशिकरूपमा हालसम्म ४३८ बचतकर्ताको तीन करोड बढी रकम फिर्ता गरिएको छ । संकटग्रस्त सहकारीका ५६ हजार ६०५ बचतकर्ताको ३८ अर्ब ४२ करोड तीन लाख २९ हजार ८११ रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताएका छन् ।

उनले संकटग्रस्त सहकारीमा भएको सम्पत्ति बिक्री, लिलाम वा साटासाट गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरूको सम्पत्ति लिलाम गर्ने निर्णय भएको बताए । उनले केही सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको दावी गरे । 

मन्त्री अधिकारीले अहिले सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरू १९ वटा रहेको र बाँकी छुट मागदाबीकर्तालाई बचत फिर्ता गरी राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिए । मन्त्री अधिकारीले चालु आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताएका छन् ।

त्यस्तै १३ हजार ७५ ऋणी सदस्यहरूबाट २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७९४ रुपैयाँ असुलीतर्फ अन्तिम कारबाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उनले बताए । कार्यक्रममा समस्याग्रस्त केही सहकारीका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७