राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, यी हुन् १७३ केन्द्रीय सदस्य (सूचीसहित)


२०८१ कार्तिक ९ शुक्रबार २३:०१ बजे

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले  राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।  

पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ ।  १७३ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् । महतोले अन्य पदाधिकारी भने तोकेका छैनन् ।  महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर नयाँ पार्टी खोलेका हुन् । उनले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मुल नारा बनाएका छन् । 
हेर्नुस् केन्द्रीय सदस्यहरुको नामावली


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७