मन्त्रालय तानिए वैदेशिक रोजगार बोर्डका हाकिम


२०८१ कार्तिक ९ शुक्रबार २३:०४ बजे

काठमाडौं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिकाप्रसाद उप्रेतीमाथि कामकाजमा रोक लगाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानविनका लागि तानेको छ । डेर्नमाकको अवैतानिक श्रम दूत बनाई दिने भन्दै एक ब्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिदसहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानविनका लागि मन्त्रालय तानेको हो ।

मन्त्रालयले उनीमाथि छानविन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । मुख्यतयाः स्वीस हेल्भटास (सामी परियोजना) को सहयोगमा पाँच जना अधिकृत नियुक्त गर्दा अपारदर्शी ढंगले छनोट परीक्षा चलाएको भेटिएको लगायतका अवैध काम गरेको पाइएपछि मन्त्रालय तानिएका हुन् ।

‘एक ब्यक्तिले आफूसँग २० लाख रुपैयाँ लिएर डेनमार्कको लागि अवैतानिक श्रम दूत नबनाई दिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन् । सो  उजुरीमाथि छानविन गर्न प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई पठाएको हो । त्यसको विषयमा छानविन गर्न समिति बनाइएको हो,’ श्रम मन्त्रालयका एक अधिकारीले भने ।

उप्रेतीमाथि बोर्डमा आफ्नो निकट आफन्तलाई अधिकृतस्तरको कर्मचारी भर्ना गर्ने प्रक्रियामा निजी ल्यापटपबाट परीक्षा दिन लगाएको आरोप लागेको थियो । ‘उहाँले बोर्डको कार्यसम्पादन गम्भीरतापूर्वक गरिराख्नु भएको थिएन । सधै विवादै विवादमा घेरिनु भइरहेको थियो । पछिल्लो पटक गम्भीर प्रकृतिको आरोप लागेपछि मन्त्रालयले छानविन गर्न लागेको हो,’ ती अधिकारीले भने । उनीमाथि यसअघि नै परेको उजुरीलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७