आज तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


२०८१ कार्तिक ९ शुक्रबार १५:०१ बजे

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर भएको छ । अघिल्लो साता लगातार बढेको सुनको मूल्य पछिल्लो समय ६ सय रुपैयाँले घटेको थियो । नेपाली बजारमा सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँ कारोबार भएको थियो ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७