चुनावी अभियानका लागि ट्रम्पलाई इलन मस्कको साढे सात करोड सहयोग


२०८१ असोज ३० बुधबार १८:१४ बजे

अमेरिका । विश्वका धनी व्यक्तिमध्ये एक इलन मस्कले रिपब्लिक पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लाई चुनाव प्रचार प्रसारका लागि साढे सात करोड अमेरिकन डलर सहयोग गरेका छन् ।  सरकारी अनुसन्धानले यो कुरा बाहिर ल्याएको हो ।

सरकारी अनुसन्धान अधिकारीका अनुसार मस्कले ट्रम्पलाई तीन महिनाको अवधिमा करिब ७५ मिलियन डलर सहयोग गरेको खुलेको हो । मस्कले जुलाईमा भएको हमलापछि ट्रमलाई औपचारिक रुपमा समर्थन गरेका थिए । तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको पाइएको छ ।

केही दिनअघि पेन्सिलभेनियाको बटलरमा ट्रमको र्‍यालीमा मस्क सहभागी भएका थिए । त्यही ठाउँमा   ट्रममाथि  आक्रमण भएको थियो । अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बरमा हुँदैछ । जहाँ डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदार छिन् । रिपब्लिक पार्टीले पूर्व राष्ट्रपति ट्रमलाई उम्मेदबार बनाएको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७