महिलाको हत्या गरी भीरबाट फ्याँकेको आरोपमा ज्वाइँ पक्राउ


२०८१ असोज २८ सोमबार १७:०२ बजे

चितवन । चितवनमा भाउजुको हत्या आरोपमा ज्वाइँ (नन्दको श्रीमान) पक्राउ परेका छन् । माडी नगरपालिका–७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या आरोपमा स्थानीय ६२ वर्षीय टीकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो । 
रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।

घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरी समक्ष  हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ । टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो । प्रहरीले घटनामा प्रयोग भएको खुर्पा, मृतकको सुनका गहना दुई ठूला रिङ, पाँच साना रिङ, हत्याको समयमा प्रयोग गरिएका कपडाहरु बरामद गरेको छ ।  रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसनधान अघि बढाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७