प्रधानमन्त्रीको दसैँ सन्देश : विपदले उल्लास छैन, समस्यामा रहेकालाई सहयोग गर्नू (भिडिओ)

प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई दसैंको टीका नलगाइ दिने


२०८१ असोज २५ शुक्रबार ०५:५९ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइ दिने भएका छन् ।प्रधानमन्त्री ओलीले विगतका वर्षहरूमा आफू प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई दसैँको टीका लगाइ दिने गरेका थिए ।

आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो शेयर गर्दै ओलीले यस वर्ष विपद्का कारण दसैं उल्लासपूर्ण नहुने भएकाले टीका लगाउने कार्यक्रम नराखिएको जानकारी गराएका छन् । यस्तै प्रधानमन्त्री ओली आज नवमीका दिन पनि आफ्नो गृह जिल्ला झापामा चियापान तथा शुभकामना कार्यक्रम नगर्ने भएका छन् । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार बाढी पहिरोका कारण देश आक्रान्त बनेको भन्दै ओलीले कार्यक्रम स्थगित गरेका हुन् ।

अघिल्लो वर्षहरूमा ओली नवमीका दिनमा चियापान तथा शुभकामना कार्यक्रममा झापा जाने गरेका थिए । ओलीले परिवारका सदस्यहरुसँग भने दसैँको टीका लगाउने छन् । उनले भनेका छन्, ‘प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपालि विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन । परिवारका सदस्यहरुसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन । सबैलाई बडा दसैँको शुभकामना ! जय होस्, मङ्गल होस् ।’

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७