मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको घटनास्थलमै मृत्यु


११:५८ बजे

मकवानपुर । हेटौंडाको राप्ती रोडमा गए राति राति साढे ११ बजे मोटरसाइकल दुर्घटना हुँदा कालिका मावि राक्सिराङका प्रधानाध्यापकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा भएको मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाको बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झाको घटनास्थलमै मृत्यु भएको हो । राप्ती रोडमा ह्युमपाइप राख्न सडक खनिएको थियो ।

सोही खनिएको स्थानमै मोटरसाइकल दुर्घटना भई प्रधानाध्यापक झाको ज्यान गएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । धनुषाको जनकपुर–४ घर भएका ४५ वर्षीय झा १५ वर्षदेखि उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७