ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार


१४:३९ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन् । ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग फोनमा कुराकानी गरे पनि युद्धविरामबारे कुनै प्रगति हुन नसकेको बताएका छन् ।

‘हामीले फोनमा निकै लामो कुराकानी गर्‍यौं । हामीले इरानलगायत धेरै कुरा गर्‍यौं’, ट्रम्पले पत्रकाहरूसँग भने, ‘युक्रेनसँगको युद्धबारे पनि कुरा भयो । तर म यसबाट खुसी हुन सकिनँ ।’

पुटिनका सहयोगी युरी उसाकोभले ट्रम्पले तत्काल युद्धविरामका लागि गरेको प्रस्तावमा पुटिनले सहमति नजनाएको बताए । रुसी राष्ट्रपति पुटिनले रुसले द्वन्द्वमा आफ्नो निर्दिष्ट उद्देश्यहरू पूरा गर्ने र वार्तामार्फत द्वन्द्वको राजनीतिक समाधान खोजिरहने उसाकोभले बताए । एनबीसी न्युज
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७