सिप्रदीयन सहायताद्वारा काभ्रेका २०० बाढीपीडित परिवारलाई राहत


२०८१ असोज २४ बिहीबार ०८:२३ बजे

काठमाडौं । सिप्रदी ग्रुप कम्पनिजको सामाजिक उत्तरअदायित्व बहन गर्दै आइरहेको सिप्रदीयन सहायता संस्थाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का बाढीपीडित २०० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

प्रत्येक परिवारलाई एक-एक थान सिरक, डसना, झुल र मेट्रेस, दुई÷दुई थान सिरानी, ४ थान थाल र एक÷एक थान तन्ना, खाना पकाउने कुकर, कराई, जग, बाल्टिन र पन्यो वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, वडा अध्यक्ष जयराम केसी, संस्थाका सहअध्यक्ष निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेशप्रसाद गिरी, सहसचिव शारदा राना र सिप्रदी अटो पार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७