छविलाललाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, रिट खारेज


०१:५१ बजे

काठमाडौं । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई धरौटीमा रिहा गर्न प्रहरीको ध्यानाकर्षण गराएको छ ।

आज (बुधबार) न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दशैंको बिदा शुरु हुन लागेकाले जोशीलाई धरौटी वा तारेखमा छाड्न प्रहरीको ध्यानाकर्षण गराएको हो । यसअघि जिल्ला अदालत कास्कीले जोशीलाई १७ असोजसम्म हिरासतमा राख्न आदेश दिएको थियो ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको नभए पनि, दशैंको बिदालाई ध्यानमा राखी धरौटी वा तारेखमा रिहा गर्न सकिने बताएको छ । ‘दशैं बिदाका कारण अब उनलाई धरौटी वा तारेखमा रिहा गर्दा पनि हुने’ बताउँदै सर्वोच्च अदालतले प्रहरीलाई ध्यान दिन निर्देशन दिएको हो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७