छविलाल जोशी धरौटीमा रिहा
काठमाडौँ : सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।
थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत बुटवलले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने आदेश दिएको थियो ।
उक्त आदेशपछि आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीसँग धरौटी माग गर्ने आदेश दिएको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा जोशी थुनामा थिए।
उनीसँगै थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो।
.gif)

.png)

