६७ लाख बराबरको अवैध सुनसहित भारतीय युवक पक्राउ


११:५५ बजे

मकवानपुर । मकवानपुर प्रहरीले आज (मंगलबार)  हेटौँडाबाट झण्डै पाँच सय ग्राम बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटेस्थित प्रहरी चेकपोस्ट अगाडिबाट ४९० ग्राम ८८० मिलिग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

सुनको अहिलेको बजार मूल्य ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार विशेष सूचनाको आधारमा वीरगञ्जबाट हेटौँडा आउँदै गरेको बा. प्रदेश ०३–००१ज ६९६ नम्बरको यात्रुबाहक इभी माइक्रोलाई रोकेर जाँच गर्दा माइक्रोमा सवार भारतको विहार बस्ने ३४ वर्षका सुजित सर्राफको साथबाट उक्त परिणामको सुन बरामद भएको हो ।

सर्राफको शरीर खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा एक थान र एक थान सिक्री समेत लुकाई उक्त परिणामको सुन ल्याएको प्रहरी निरीक्षक सापकोटाले बताए । उनले निज सर्राफसँग उक्त सुनको बिलबिजक केही नभएकाले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रियाअगाडि बढाएको जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७